Friday, May 1, 2015

सभासदको तलब भुकम्पपीडितलाई

सभासद कृपासुर शेर्पा
भोजपुर बैशाख १९
भोजपुर क्षेत्र नं १ का सभासद कृपासुर शेर्पाले एक बर्षको तलब सुविधा भोजपुरका भुकम्पपीडितलाई दिने भएका छन् । क्षेत्र नं १ बाट निर्वाचित बनेका सभासद शेर्पाले जिल्लाका भुकम्प पीडितहरुका लागि राहत स्वरुप दिने भएका हुन् । भुकम्पले बिचल्नीमा परेकाहरुलाई मेरो एक बर्षको तलब दिने भएको छु,शेर्पाले भने सहयोगले थोरै भएपनि राहत मिल्नेछ ।
यसअघि शेर्पाले क्षेत्र नं १ मै उनको तलब शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्दे आएका थिए । भोजपुरमा भुकम्पबाट दुई जनाको मृत्यु भएको छ भने नौ सय ७ घर पुर्ण रुपले ध्वस्त भएका छन् ।

No comments:

Post a Comment