Friday, August 10, 2012

उत्पादन बढ्यो, भाउ घट्यो

ध्रुव सुवेदी
भोजपुर साउन २
ग्रामिण भेगका किसानको निम्ति आयआर्जनको राम्रो माध्यम बनेको अलैंचिको मुल्य घटेपछि गाउ“का व्यापारीहरु अन्यौलमा परेका छन् । भाउ घटेपनि यसबर्ष अलैंचि उत्पादन बृद्धि भएको किसानहरुले बताएका छन् । गतबर्षजस्तै भाउ पाउने उदेश्यले भोजपुरमा स्थानीय व्यापारीले गाउ“बाट महङ्गोमा किनेर अलैंचि संकलन गरेका छन् । तर मुख्य व्यापारिक नाकाहरुमा मुल्य घटेको थाहा पाएपछि आफूहरु समस्यामा परेको गुनासो गरेका छन् । गतबर्ष गाउ“मा प्रतिमन ४० हजार रुपैंया“मा किनेर ७० हजार रुपैंया“सम्म बिक्री गरेका व्यापारीले यसपाली प्रतिमन ५० हजार देखी ५५ हजार रुपैंया“ सम्ममा खरिद गरेका छन् ।
यतिबेला अलैंचि बिक्री हुने झापाको बिर्तामोड, सुनसरीको धरान, चतरा, धनकुटाको हिले लगायत विभिन्न बजारमा ३४ देखि ४० हजार रुपैंया“मा बिक्री हुने गरेको बताएका छन् । आज मंगलबारको बजार भाउमा अलैचीको मूल्य ४६ हजार पुगेको छ । अलैचीलाई पूर्वि पहाडी जिल्लामा खोल्साको सुन भनेर पनि चिनिने गरेको छ ।
किनेको मुल्यभन्दा बिक्री गर्नुपर्ने मुल्य कम भएकोले अधिकांस व्यापारीले बिक्री नगरी भण्डारण गरिराखेको दोभाने गाविस–७ तेन्दोका दौलथ कुलुङले बताए । यसबर्ष भोजपुरका कतिपय किसानले गतबर्षभन्दा अलैंिच उत्पादन झण्डै तेब्बर बृद्धि गरेका छन् । दोभाने गाविसका अलैंचि किसान धनबहादुर राईले गतबर्षभन्दा तेब्बर अलैचि उत्पादन बढेको बताए । विगत पा“चबर्षदेखि अलैंचिमा पहेंले छिर्के रोग लागेपछि अधिकांस किसानको बगैंचा मासिएकोले करिब ५ प्रतिशत मात्रै बृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । भोजपुरको विभिन्न गाविसमा तीन सय ८ हेक्टर जमिनमा अलैंचि रोप्ने गरिएको कृषि कार्यालयले जनाएको छ ।
यसबर्ष २ सय २२ मेट्रिक टन अलैंचि उत्पादन भएको कृषि कार्यालयका प्राविधिक गणेश खत्रीले बताए । भोजपुरको चम्पे, तिवारीभन्ज्याङ, श्यामसिला, हेलौंछा, बोया, किमालुङ, खार्तम्छा, कुदाककाउले, दोभाने गाविसमा सबैभन्दा बढी अलैंचि उत्पादन हुने गरेको छ । यसबाहेक दक्षिणी भोजपुरको देवान्टार, यू“, वासिङथर्पु, धोदलेखानी, लेखर्क, गोगने, ओख्रे, बोखिम, खावा, तिम्मा, दा“वा लगायत गाविसमा समेत राम्रो उतपादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । गतबर्ष दोभाने गाविसका किसानले मात्र अलैंचि बिक्री गरेरै दश करोड रुपैंया“ भित्रिएको अनुमान गरेका थिए । यसबर्ष उतपादन बढेपनि भाउ घटेकाले गतबर्षकै तुलनामा रकम भित्रिने आशा गरेको दोभाने–८ का धनबहादुर राईले बताए । भोजपुरमा सबैभन्दा पहिले अलैंचि उत्पादन शुरु भएको चम्पे गाविसको सोरेङमा डम्बरसाइ जातको अलैंचि अत्याधिक उत्पादन हुने गरेको छ । गाउ“भरी अलैंचिबाट किसानले राम्रो आम्दानी गर्दै आएको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ । अलैचीका लागि पूर्वि नेपालका खोटाङ, भोजपुर, धनकुटा, संखुवासभा, ताप्लेजुङ्ग र इलाम जिल्ला प्रख्यात छन् ।

No comments:

Post a Comment