Friday, November 28, 2014

राष्ट्रपति रनिङ्ग शिल्डको तयारी तिब्र

भोजपुर, मंसिर ११
पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको तयारी भोजपुरमा तिब्र भएको छ । विद्यालयको खेलकुद प्रतियोगीताको रुपमा रहेको राष्ट्रपति रनिङ शिल्ड भोजपुरमा पौष ५ गतेदेखी हुँदैछ । भोजपुरमा दुई क्षेत्रमा छनोट खेल सञ्चालन हुन लागेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । क्षेत्र नं १ अन्तरगत शारदा उच्च मावि झ्याउँपोखरी देउरालीमा पौष १६ गतेदेखी छनोट चरणका खेल हुन लागेका हुन् । त्यस्तै क्षेत्र नं २ अन्तरगत सगरमाथा उच्च मावि घोरेटारमा पौष ५ देखी छनोट चरणको प्रतियोगीता हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका प्रमुख गेल्जेन शेर्पाले बताए ।
दुबै क्षेत्रमा छनोट चरणको प्रतियोगीता सम्पन्न भएपछि सदरमुकामको टुँडिखेलमा पौष २६ देखी २८ सम्म अन्तिम चरणको प्रतियोगीता उने शेर्पाको भनाई छ । अन्तिम चरणको प्रतियोगीतामा क्षेत्रगत रुपमा प्रथम, द्धितिय र तृतिय भएका प्रतियोगीहरुले भाग लिन पाउने भएका छन् । प्रतियोगीतामा एथलेटिक्सतर्फ, हाइजम्प, लङजम्प, ज्याभलिङ्ग थ्रो, सटफुट हुनेछन् । त्यस्तै ट्रयाकतर्फ सय मिटर, दुई सय मिटर, चार सय मिटर र आठ सय मिटर दौड रहेको छ । त्यस्तै सय मिटर, चार सय मिटर रिले दौड पनि रहेको खेलकुद विकास समिति भोजपुरले जनाएको छ । प्रतियोगीतामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १५ हजार, १२ हजार र नौ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विभिन्न विधा अन्तरगत प्रतियोगीतामा प्रथम हुनेले क्षेत्रमा क्षेत्रिय खेल खेल्न मौका पाउने आयोजकले जनाएका छन् । युवा तथा खेलकुद मन्त्रालयको तत्वधान, राष्ट्रिय खेलकुद परिषदको संयोकत्व, जिल्ला खेलकुद विकास समितको आयोजनामा देशभर पाँचौं राष्ट्रपति रनिङ्ग सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगीता हुन लागेको हो । पहिले यो प्रतियोगीतालाई विरेन्द्र रनिङ्ग शिल्ड प्रतियोगीता भन्ने गरिन्थ्यो ।

1 comment:

  1. Awesome blog. I enjoyed reading your articles. This is truly a great read for me. I have bookmarked it and I am looking forward to reading new articles. Keep up the good work!
    Abrasive Wheels

    ReplyDelete