Friday, December 20, 2013

फोहोर गर्नेले सफा गर्नु पर्दैन ?

संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएर परिणाम आईसकेको पनि एक महिना हुन लागेको छ । प्रत्यक्ष तर्फ विजयी बनेका सभासदहरु काठमाडौं पुगिसकेका छन् । पराजीत उम्मेदवारहरु पनि आन्तरिक समिक्षा गर्दे गाउँ हुँदै सहर पस्न थालेका छन् । तर भोजपुरमा निर्वाचनका बेला तिनै उम्मेदवारको प्रचारका लागि टाँसीएका पर्चा र पोस्टरले भने सहर कुरुप बनेको छ ।
निर्वाचनमा यहाँ १७ दलका २८ उम्मेदवारले भाग लिएका थिए । निर्वाचनका बेला पर्चा र पोष्टरमा देखिएका साना दलका उम्मेदवारले गाउँसम्म पर्चा पुर्याउन नसके पनि सदरमुकाम नजिकका ठाउँमा टाँसेका थिए । तर ठुला दलले भने गाउँका कुना—कुनासम्म पर्चा टाँसेका थिए । यी टाँसेका पोस्टरहरु अहिलेसम्म कुनै पनि दलले निकालेका छैनन् । चुनाव जितेका उम्मेदवारले समेत यस्ता पर्चा उक्काएर शहर सफा पारेका छैनन् । ठुला दलका निकटतम प्रतिद्धन्द्धी उम्मेदवारले शहरलाई सफा पार्ने कुनै योजना बनाएको देखिदैन् । चुनावमा पराजति बनेपछि समिक्षा गर्न भन्दै नेपाली कांग्रेसले डाकेको बैठकमा आफ्ना उम्मेदवारको प्रचार—प्रसारका लगि टाँसिएका सबै पोष्टर हटाउने निर्णय गरेको थियो । तर निर्णय गरेको दुई हप्ता पुग्न लाग्दा समेत का्रग्रेसले गरेको निर्णय माइन्यूट पुस्तिकामै थन्किएको छ । 
धेरै मात्रामा दैनिक मानिसहरुको ओहोरदोहोर हुने सदरमुकामका प्रायः सबै ठाउँहरुमा दलका उम्मेदवारको पोस्टरले भरिएको छ । उम्मेदवार मनोनयन दर्ता सँगै शुरु भएको प्रचार प्रसारले शहर देखी गाउँसम्म पोस्टरहरुले भरिभराउ भएका थिए । पोस्टर र पम्प्लेट खुइलिसकेका छन् । जसले सहर कुरुप बनेको छ । कतिपय पोष्टर केटाकेटीले च्यातिदिएका छन् भने कतै उक्किएका, च्यातिएका र रंग उडेका पोष्टरहरु सर्वत्र फैलिएका छन् । शहर सफा गर्नका लागि यहाँका दलहरु अहिलेसम्म अग्रसर देखिएका छैनन् । 
संविधानसभाको पहिलो निर्वाचनमा कमै मात्रामा प्रचार प्रसारमा देखिएका दलहरु यसपालि भने पोस्टर टाँस्नमा होड नै चलेको थियो । ठुला दलको होडलाई साना दलले पनि पछ्याएका थिए । चुनावका बेला देखिएका साना दल यतिबेला गुमनाम भए पनि दिनहुँ देखिने ठुला दलले पोस्टर उक्काएर सहर सफा राख्नमा मौनता सादेका छन् । जसले सहर कुरुप हुनका साथै स्थानीय घरवालाहरु वेखुसी बनेका छन् ।

2 comments: