Wednesday, July 10, 2013

यी बालीकालाई सहयोग गर्ने कोही हुनुहुन्छ ? (फोटो फिचर)

२०५८ सालमा यी बालिका मात्र ९ महिनाकी थिईन । असार १५ गते यी ९ महिने बालीका घरमा खेलिरहेकी रहिछन् । त्यतिबेला भोजपुर ब्यारेकबाट तत्कालिन शाही सेना गस्तीमा हिडेको रहेछ । आम्तेक मुलाबारी १ मूलबाटो छेउमै यिनीहरुको घर छ । त्यो ठाउँमा तत्कालिन विद्रोही अवस्थामा रहेको माओवादी छन् भन्ने हल्ला सुनेर सेनाले गोली चलाउँदा घरभित्र बाल हाँसो सहित खेलीरहेकी यी अबोध बालिकाको पेटमा गोली लाग्न पुग्यो । त्यतिखेर उनलाई के भो सायद थाहा छैन् होला तर परिवारलाई कस्तो बज्र पर्यो होला तपाई आफै कल्पना गर्नुहोस ।
उनको पेटमा लागेको गोली छेडेर ढाडबाट निस्केको अहिले निको भइसकेको खतबाट प्रष्ट हुन्छ । उसबेला सेनाले यी बालीकाको काठमाण्डुको छाउनीस्थित अस्पतालमा लगेर उपचार गरिदिएको रहेछ । उसबेला राज्य पक्ष र विद्रोही पक्षबाट भएका यस्ता घटना धेरै छन् । जहाँ यस्ता अबोध बालबालिका द्धन्द्धको सिकार बन्न पुगे । धेरैले द्धन्द्धका नाममा ब्यत्तिगत राम्रो प्रगती गरे पनि यी र यस्तै घटनाले आहत भएका बास्तविक पिडितले अहिले सम्म न्याय पाउन सकेका छैनन् । राहतको कुरा त तपशिलको विषय हो । राहत लिने नाममा धेरैले फर्जि विवरण भर्ने गरेको तथ्यहरु फेला परे पनि यी बालीकाको नाम राज्यका कुनै निकायमा पर्न सकेको छैन् । यी र यस्तै बालबालीकाको क्षेत्रमा काम गर्ने भनेर  साउने झरीमा च्याउ सरी उम्रने गरेका एनजीओ आइएनजीओहरुले यी अबोधको छातीमा लागेको बन्दुकको चोट देख्न सकेका छैनन् । यीनी श्याशिलाको राधाकृष्ण माविमा कक्षा छ मा अध्ययनरत छिन् । यीनलाई कसैले सहयोग गरेनन् भनेर तपाई हामी पनि चुप बस्ने त ?  अहँ होईन । यी तपाई हाम्रै जस्ती छोरी हुन् । एक दिन खाने चिया नास्ता कटाएर सहयोग गर्ने हो भने उनको थप उपचार र पढाई खर्चमा ठुलो सहयोग पुग्न सक्छ । हेर्नुस त तस्विर । यी निर्दोषको आखाँमा आँसु प्रष्ट रुपमा छचल्किएको देख्न सकिन्छ । उनको अनुहारमा हाँसो थप्न सहयोग गर्ने कि ?



2 comments:

  1. sadhaaran rugha lageko nihu ma karodau udaune neta hamrai deshma 6an .....aakhama chharo halera bideshi yojana ko paisa kumlyaune INGO pani prasastai 6an ani NGO ko ta kurai nagarau yo ta jhan aafnai baauko jhai ho ani kasle garchha sahayog...................kasle dekh6 yiniharuko pida?

    ReplyDelete
  2. यो घटना पढ्दा मलाई यस्तै घटना को याद ताजा भएको छ जुन समय मा म श्री अरुण मा. बि. मा कक्षा ९ मा अध्यानरत थिए मलाई यकिन मिति त थाहा हुन सकेन तर त्यो दिन सधै झैँ बिधालय जान लागेको थिए चारै तिर गोलि को आवाज आउन थाल्यो म संग मेरा साथी हरु पनि थिए हमिहेरु विवेक हिन जस्तो के गर्ने के गर्ने हुदै उभिएर दृश्य नियाल्दै थियौ हाम्रो सर ले हामीलाई कक्षा कोठा मा बस्न भन्नु भयो हामी आफ्नो कोठाको बेन्च मुनि सुत्यौ त्यो समय गोलि ले हामि माथिको जस्ता प्वाल पर्दै थियो त्यस्तै ३० मिनेट पछी फायरिंग हुन छाड्यो हाम्रै बिधालय मा २ कक्षा मा अध्यानरत छात्रा लगायत म संगै ९ मा अध्यानरत २ साथीलाई गोलि लागेको खबर आयो जस मा २ मा अध्यान गर्ने सबिना खवास को मृतु भएको खबरले हामी स्तब्ध भयौ यस्ता युद्ध काल का कयौ दुखद घटना हाम्रो गाउ घर मा प्रसस्त मिल्ने गर्छन कृपया यस्तै पोस्ट हरु गर्नु हुन धुर्ब सर लाइ अनुरोध गर्दछु !

    ReplyDelete