Saturday, May 4, 2013

चुनावपछि माओवादीलाई खोज्नुपर्छ : ओली (भिडियो सहित)

ध्रुव सुवेदी/भोजपुर बैशाख २१
नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले अब हुने संविधानसभाको चुनावपछि एकिकृत माओवादीको अस्तित्व समाप्त भई उस्लाई खोज्नु पर्ने बताएका छन् । केही दिन अघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशमा एमाले नभएको भन्ने अभिब्यक्तिलाई कटाक्ष गर्दे ओलीले भने एमाले कहाँ छ, चुनावमा बताउँला तर चुनाव पछि माओवादीहरु कता छन् हामी सोधौंला । एमाले हरियो बृक्ष हो एक दुईवटा झरेका पहेला पात टिपेर सिरमा लाउने वित्तिकै एमाले सकिदैन नेता ओलीले कटाक्ष गर्दे भने एमाले धनुषातिर झरेको पात होइन, यस्को लामो इतिहास छ, जब देशमा विषम परिस्थिति बन्छ तब एमालेको खाँचो हुन्छ र एमाले त्यसको नेतृत्व लिन तयार हुन्छ नेता ओलीले भने ।
परिवर्तनको नेतृत्व गर्ने पार्टी एमालेमात्र भएको भन्दै नेता ओलीले  देशमा एमालेको खाँचो रहेको बताए  । एमाले भोजपुरको सातौ जिल्ला अधिबेशनको उद्घाटन गर्न शनिबार दिउँसो भोजपुर सदरमुकाम आएका ओलीले माओवादीका कारण संविधान बन्न नसकेको पनि बताएका छन् । माओवादी संविधान बनाउने शक्ति नै होइन कसरी बन्छ संविधान ? एमाले नेता ओलीले प्रश्न गरे । संविधान नबनाउने शक्तिले एक तिहाई भन्दा बढी सिट जितेकाले संविधान बन्न नसकेको उनको आरोप थियो । अब हुने चुनावमा एमालेले बहुमत नल्याए फेरी पनि संविधान बन्न नसक्ने उनको जिकिर थियो । अव मुलकलाई निकास दिने हो र संविधान बनाउने हो भने लोकतान्त्रिक शक्तिले बहुमत ल्याउनु पर्छ नत्र मुलक २०६३ साल अगाडी फर्कने उनको भनाई थियो ।
अधिकांश समय एमाओवादीको आलोचना गर्न भ्याएका नेता ओलीले एमाओवादीले नेपालमा कम्युनिष्ट पार्टीकै बदनाम गराएको आरोप लगाए । माओवादी लुटेराहरुको पार्टी हो उस्का क्रियाकलाप राक्षसको भन्दा पनि बर्बरता भएको उनले बताए । एमालेबाट बाहिरिएका नेता कार्यकर्ताहरुर्ला इकिंत गर्दे नेता ओलीले भने हामीले नै जन्माई हुकाई बोल्न सिकायौं, उनिहरुको अधिकारको कुरा गर्यां तर पछि एमाले नै बेठिक भनेर हिडे त्यसो भए को चै छ ठिक ? कसले सिकायो समानता कुरा ? उनले प्रतिप्रश्न गरे । एमाओवादीले देशमा जातीय सद्भाव भड्काउन खोजेको भन्दै नेता ओलीले एमाले जनतालाई सम्मान गर्ने, राष्ट्रिय एकता राख्दै गरिबी हटाएर अघि बढ्ने पार्टी हो उनले भने ।
माओवादीलाई कुँडेमा तताउन राखेको दुधको संज्ञा दिदै नेता ओलीले भने एकपाथी अट्ने कुँडेमा दुईमाना दुध नै किन नहोस त्यसलाई आगो लगाएपछि उम्लिन्छ र पोखिन्छ  पनि माओवादी पोखिसकेको छ । उस्को अस्तित्व सकिन लागेको उनको कथन थियो । २०६४ सालमा माओवादीले अप्रत्सासित सिट जितेसँगै संविधान नबन्ने पक्का थियो त्यतिबेला नै हामीले भनेका थियौ खेताला लगाएर मकैको कुन्यु ठडाउन सकिदैन जुन कुरा माओवादीले चरितार्थ गर्याे ओलीले भने । मान्द्रामा सुकाएको विष्कुनमाथि चल्ला भएको पोथी जादा के हुन्छ ? आफु खोस्रिन्छ, चल्लालाई पनि सिकाउँछ माओवादी २३७ वटा चल्ला लिएर पस्यो जस्ले बन्न आँटेको संविधानको समेत अवसान भयो उनले भने । एमाले भोजपुरको शनिबारबाट शुरु भएको अधिबेशन २३ गते सकिदैछ । अधिबेशनको उद्घाटन पूर्व एमाले भोजपुरले भोजपुर सदरमुकाममा आफ्नो शक्ति प्रर्दशन गर्नुका साथै सदरमुकाममा नारा जुलुसले परिक्रमा गरेको थियो । अधिबेशनमा ५ सय भन्दा बढी प्रतिनिधीहरुको सहभागिता रहेको छ । अधिबेशनमा केन्द्रिय सदस्यहरु राजेन्द्र गौतम, जयन्ती राई तथा छिमेकी जिल्लाका अध्यक्षहरुको समेत उपस्थिति रहेको छ ।

1 comment:

  1. Malai ta aajkal jo neta ko bhaasan sunda pani haaso uthchha. Kohi rookh ko naam bechera khanchhan, kohi hasiya hathauda sarwahaara ko naam bechera khanchan, kohi jajwalyamaan surya ko naam bechera khanchhan, kohi kohi bhagwaan kai naam bechera khanchhan, vanchhan raja ta bishnu ka awaataar hun. Yasatai chha. Sano jamaat ka bolna janne haru haamilai murkha banaune koshish garchhan. Ani haami 2.5 crore vanda badhi ko jamaat, kohi sachaai murkha banchau, kohi murkha vayejasto garchhau, chupchap.... Yastai chha yaha. Yastai nai chha.

    ReplyDelete