Thursday, September 15, 2011

रोईरहॆको क्याम्पस हासिरहेका हामी

ध्रुव सुवेदी
Dhruba Subedi
गएको साउन १७ गते क्याम्समा ९।२ रेक्टर स्केलको भुकम्प आयो । जतिबेला क्याम्पस नै ढल्ने स्थिति थियो । भुकम्प करिब ३५ दिन लगातार गयो । क्याम्पस थर्रर्र कामिरहेको थियो । पुरानो भवन जिर्ण भवनलाई रंग रोकन गरेर चिटिक्क पारिएको छ । क्याम्पस हल्लिरहेको छ । वाहिर चिटिक्क पारेर सजाईए पनि धुलो बुर्रर झर्छ । कोही धुलो टकटकाउछन् कोही भवन असुरक्षित महसुस गरी बाहिर निस्कन्छन् कोही झ्याल ढोकामा अढेस लाग्छन किनकी झ्याल ढोकाको मुन्तिर उभिदा बाँच्न सकिने उनिहरुलाई थाहा छ । अनि कतिपय भाग्नु हुदैन मरे पनि यही मरिन्छ भनेर बसेका छन् । धन्य उसबेला राम्रै भौतिक सामाग्रीको प्रयोग गरेकाले होला क्याम्सम ढल्न बाट जोगियो । यतिबेला निर्माण गरिएको भवन भए ध्वस्त हुने थियो । यो ३५ दिनसम्मको कथा क्याम्पसको हो ।
भोजपुर सदरमुकाम सानो ठाउँ जता गयो चिया खाउ है को प्रश्न । चिया खादै ङिच्च हास्दै सकेछ नी क्याम्पसलाई । ए हो र अलिकति टिपोट लियो विदा माग्यो हिड्यो । अलिकति मास्तिर निस्कियो समाचार त गजब छ लेख झनै राम्रो सही कुरा उठाउनु भएछ । उस्का कुराले दंग हुन्छन् संवाददाता र पंक्तिकार । दंग भएको क्षण वित्न नपाउदै एकपक्षिय कुरा लेखेछन् । खाने ले त खाए हामिलाई पनि पो प्रश्न च्ािन्ह भनेर अत्तालिन्छन् । क्याम्पसमा एउटा पत्रिका छिर्छ । जुन पत्रिकामा क्यम्पसका बारेमा मुख्य समाचार सम्पादकिय र लेख छापिएको हुन्छ । पत्रिका पढीसकिन्छ सबैजना मुखामुख हुन्छन् । एकजनाको मुखबाट फुत्त राईफलको गोली भन्दा छिटो जबाफ भुत्किन्छ । परिक्षामा यिनीहरुलाई कडाई भएको थियो होला त्यसैको प्रतिसोधको भावना लेखेको होला । उनको भनाई नसकिदै फेरी कही कतैबाट अर्को शब्द प्रहार हुन्छ । अब त केही विषय पाउन छोडेछन् एकै ठाउको तीन तीन वटा विषय लेखेर पत्रिका भर्ने काम गरेछन् । कोही भन्छन् अलि अलि पाईयो कि क्या हो निकै भावनामा बहकिएको देखिन्छ नि । हुदाहुदै पत्रकार महासंघले क्याम्पसकाृ बारेमा समाचार नलेख्न ह्पि नै जारी गर्याै अरे हो उल्लेखित कुरामा कुनै सत्यता छैन् सब भ्रम हुन् । क्याम्पसका बौदिक जगतबाट प्रेसलाई हेर्ने दृष्टि हो यो ।
०२२ सालमा स्थापित क्याम्पसले धेरै भुकम्पहरु सहेको छ । पटक पटकको हलचलले क्याम्पस निकै जिर्ण वन्यो । धेरै दिग्दज र लब्ध प्रतिष्ठित व्याक्तित्व उत्पादन गरिसकेको जिल्लाकै एक मात्र उच्च शिक्षा थलो यतिबेला आफै रोईरहेको छ । पुननिर्माणको पर्खाईमा रहेको क्याम्पस आफैले उत्पादन गरेका छोराछोरीको घर झगडाले आजित बन्न पुगेको छ । झण्डै साढे चार दशको इतिहास बोकेको क्याम्पस यतिबेला आपसी सद्भावको भिख मागिरहेको छ । क्याम्पसमा देखिएका यस्ता दृश्यले त्यहा बौद्धिक बेईमानी देखिएको छ । सदरमुकामको छेउमै रहेको क्याम्पस छेउबाट धेरैले पैदल ओहोर दोहर गर्छन । क्याम्पस रोईरहेको छ कसैलाई पर्वाह छैन धेरैलाई यो दृश्य सामान्य लागेको दॆखिन्छ । तर विस्तारै यी दृश्य असामान्य तर्फ धकिलिरहेका छन् । लामो समय देखी क्याम्पस रोए पनी क्याम्पसको अनुहार र आँखा निर्दाेष र मलिन देखिन्छ । 
क्याम्पसको यस्तो अवस्थामा यतिबेला लाग्छ बोैद्धिक जगतले के सोच्दै छन उनिहरुको दिमागमा के घुम्दैछ अनि उनिहरु के लिएर सुत्छन् के सोच्दै बिउझिन्छन् होला एक जना चर्चित पत्रकार रविन्द्र मिश्रले एउटा लेखमा लेखेको कुरा याद आयो । राष्ट्रिय महत्वका मुद्धाहरुलाई तिनका स्वार्थी आकांक्षाहरुले यसरी गाँजिदिएको छ कि ती सम्भवत ः हरेक साँझ आफु कसरी हावी हुने भन्ने षडयन्त्रकारी कलुशित सोच लिएर सुत्छन होला र हरेक बिहान कलुशित लक्ष्य बोकेर उठ्छन होला । ती समाज रुपान्तरणको प्रतिबद्धताले होईन राजनितिसँग जोडिएको अर्थशक्ति र शानका कारण राजनीतिमा टाँसिएर बसेका मानवीय संवेदनाहीन परजीवीहरु हुन् । ती स्वार्थकै लागि षडयन्त्रको खाल्डो खन्छन् महिनौसम्म्ा खाल्डो मैले हैन् तैले खनेको तै पुर भनेर झगडा गर्छन र अन्त्यमा स्वाथर््ाका लागि खाल्डो पुर्छन र पुरानै चक्र दोहोर्याउँछन् । हामी बर्षादेखि त्यही दुष्चक्रमा पषसेका छौ । माथिको लेख क्याम्पसको घटना संग मिल्दोजुल्दो छ होला । सम्भव हुने भए उनको लेख पुरै यँहा राख्नॆ थिए । पत्रिकामा सिमित अक्षर अटाउनु पर्ने बाध्यताले पुरै लेख्न सम्भव छैन् । 
भोजपुर क्याम्पसमा यतिबेला इमान्दारीता गुमेको छ । जस्ले क्याम्पस समृद्ध बनाउने प्रतिबद्धताको अभाव देखिएको छ । क्याम्पसमा भएको भनिएको अनियमिता सम्बन्धि छानबिन समिति गठन भयो । छानबिन समितिले प्रस्तुत गर्ने प्रतिवेदन तिब्र प्रतिक्षा पछी आएको छ । छानबिन समितिका संयोजक अहिले सम्मका विवादरहित भएकाले उनी सलंग्न टिमले सत्य तथ्य प्रतिबेदन ल्याउने कुरामा सबैले आशा राखेका थिए । विडम्बना अहिले सम्म स्वच्छ छवि बोकेका संयोजक कमलजंग राई सहितको टिमले ल्याएको प्रतिबेदन बिवादरहीत भने हुन सकेन । १० सदस्यिय छानबिन समिति रहेको टिममा तीन वटा संगठनले फरक मत राखेको छन् । ती तीन वटा संगठनले किन फरक मत राखे अनियमितता गरेको भनिएका व्याक्तिलाई बचाउन छानबिन टिमले पूर्वाग्रही ढंगबाट प्रतिबेदन ल्याउने भएपछी यस्लाई रोक्न वा कसैको इसारामा फरक मतमा त्यस्तो फरक पार्नै विषय भने पक्कै छैन् उनिहरुले निकालेको विज्ञप्तीलाई आधार मान्ने हो भने । तर दुई छाता संगठन र एउटा दल निकट सगठनले निकालेको विज्ञप्ती मालिकको इसारामा नाच्ने कसुले मात्रै हैन होला उनिहरुको फरक मतमा केही दब्ब हुन सक्छ । स्ववियु आफैमा विद्यार्थीहरुको छाता नेता संगठन हो । जबकि उस्ले क्याम्पसमा गरेको कोणसभामा अनियमिततालाई ढाकछोप हैन अझ वढी उजागर गर्ने संखघोष गरेको छ यद्यपी यो लेखले कसैको बचाउ गरेको होईन । हामी चाहन्छौ सुशासनको प्रत्याभुति होस् अनियमितता गरेको तालुक निकायले ठहराएको खण्डमा कानुनी कार्बाही मात्र हैन उनीहरुलाई किरा समेत परोस भन्ने चाहन्छौ । यो सम्बन्धि विषयमा टिप्पणी गरी राख्नु आवश्यक नहोला किनकी यस्ले नँया उचाई लिईसकेको छ अब पर्ख र हेरको निति अवलम्बन गरे नै वेस हुनेछ । 
प्रतिवेदन सार्वजनिक भएपछी क्याम्पस एकाएक विज्ञप्तीमय भयो । स्ववियु लगाएतका अन्य विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखको राजिनामा मागे । उनले राजिनामा माग्नेहरुको बडो सम्मानका साथ केही कानुनी कुराको प्रश्नावली खडा गर्दे राजिनामा दिए । राजिनामा पछी क्याम्पस केही शान्त हुने सबैले सोचेका थिए । तर त्यसपछीका वक्तव्यवाजी हेर्ने हो भने सल्किरहेको आगो अझै निभेको छैन् । क्याम्पसमा सल्केको आगोको रापले केही नयाँ तरंग पनि उत्पन्न गरेको छ । जुन तरंगले सही कुरा ल्याउने हो भने क्याम्पसका लागी सुखद खबर वन्न सक्छ । यस अघि क्याम्पसका नाममा लिएका विभिन्न दोहोरो सुविधा लगाएतका कुरा उठेका छन् । आशा छ यही आगोको रापले यी कुराहरुलाई निरुपण गर्ने छ । साउन १७ गतेको घटना त एउटा प्रवृत्ति मात्र हो यस्ता कयौ प्रबृत्ति क्याम्पसम छिरेका छन् । यी प्रबृति क्याम्पसका लागी किसंगर साबित हुनेछ जसलाई यतिबेलै देखी खरेटो लगाउनु आवश्यक छ । अलिकति छुच्चो शब्द प्रयोग गर्ने हो भने कथित स्नकोत्तर उत्र्तिण गरेको प्रमाण पत्रको क्याम्पसमा वढी नै आडम्बर पालेको देखिन्छ । जुन आडम्बरले कति फाईदा पुर्याउदैछ त्यो विद्यार्थीको उत्र्तिण दरले पनि प्रश्ट पार्छ होला । के यो क्याम्पसमा मात्र स्नकोत्तरधारी छौ अन्य कहि कतै त्यस्ता प्रमाणपत्रधारीहरु छैनन् । अनी हाम्रा प्रमाणपत्रहरुले कति स्वच्छ काम गरे हामीले यत्रो बडेमाको प्रमाणपत्रको आडम्बर पालि रहदा हामी कति राजनितिक दलको पुच्छर बनेर बैतर्नी तर्ने काम गर्याै थाहा छ हाम्रो काम क्याम्पसमा अध्यापन गराउने हो की क्याम्पसमा भएका घटना जिल्ला पार्टी कार्यालयका दरबारमा सुराकी गर्ने हो अब पनि यस्तै दुर्गन्धित कार्यलाई निरन्तरता दिने हो भने कसैले पनि बोद्धिक जगत भनेर पत्याउनेवाला छैन जतिबेला क्याम्पसमै भएका शिक्षकहरुबिच म यस्तो त तेस्तो भन्नु सिवाय अरु केही हुनेवाला छैन् । 
हुनत तिब्र राजनितिक चेतना फैलिरहेको यो जमानामा कोही पनि भुमध्येरेखा बन्न नसकिएला । भुमध्यरेखा जहिले पनि स्थिर हुनुपर्छ तर भौतिक विज्ञापनले के भन्छ भने यो संसारमा स्थिर भन्ने चिज केही पनि छैन् । त्यसैले जो कोही राजनितिक दलसँग नजिक हुन सक्छ स्वयम यो पंक्तिकार पनि कुनै दलसंग नजिक छ होला । तर नजिक भएकै आधारमा आफ्नो कर्तव्यवाट विमुख हुनु चाही ठुलो महापाप ठहरिनेछ । जब विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा राजनिति हाबी भयो यस्को दुर्दशाको पछिल्लो नमुना भोजपुर क्याम्पस बनेको छ । विभिन्न राजनितिक आवरण दलिय भागवण्डा र शक्तिको आडमा जसरी स्नाकोत्तरधारीहरु क्याम्पस भित्रिए भित्राईए आज त्यसको उपहार पाएको हो भोजपुर क्याम्पसले । आगामी दिनहरुमा पनि यस्ता उपहारहरु क्याम्पसले पाईरहने निश्चित छ । विश्वविद्यालयजस्तो क्षेत्रमा यस्ता दुर्गन्धित खेल खेलिरहने हो भने कुनै बेला विश्वले समेत मान्दै आएको सस्थाको हविगत नेपाल वायुसेवा निगमको भन्दा फरक नहोला । जतिबेला विश्वविद्यालयको नाम मात्र बदनाम हुनेछैन्् गुमनाम समेत हुनेछ । त्यतिबेला त्यहाका प्राध्यापकहरु समेत ज्वाँईको जागिर भनेर रमाउने स्थिति नहुन सक्छ । 
आकाशमा मडारिरहेको निराशा लाग्दो कालो बादलमा आशलाग्दो चादीको घेराको आवश्यकता छ यतिबेला भेजपुर क्याम्पसमा । अनि डाको छोडेर रोईरहेको क्याम्पसको दृश्य हेरेर खित्त खित्त हास्ने अधिकार कसैलाई पनि छैन । 

No comments:

Post a Comment